पोखरा- आज पौडी खेल्ने क्रममा डुबेर एक भारतीय विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी रहेका छन् ।
उनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान करिब ११ः३० बजे डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका उनलाई घटनास्थलदेखि १० मिटर तल फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लागिएको थियो ।
उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...