काठमाडौँ- नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई थापाथलीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका नाथको कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएका प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला परेको थियो ।

अहिले उनीमाथि थप अनुसन्धान भईरहेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार