काठमाडौँ – २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ ।

‘कोही नछुटौँ, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी कुनै गुनासो छ ? घरमा विवरण संकलनका लागि गणक आइपुगेनन् ? जनगणनाका बारेमा केही बुझ्नु छ ? चिन्ता नगर्नुस् । यसका लागि केन्द्रीय तथ्यांक विभागले टोल फ्रि नम्बर ११७८ को व्यवस्था गरेको छ ।

जनगणनाका क्रममा घर छुट भए, गणक नआइपुगे, कुनै त्रुटि भएको पाइए वा आवश्यक सुझाव भए टोल फ्रि नम्बरमा फोन गरेर सहयोग लिनरदिन सकिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए । टोल फ्रि नम्बरमा फोन गरेपछि जिल्ला जनगणना कार्यालयमा सो बारेमा जानकारी आउने जनाएको छ । ‘जनगणनाका बारेमा कुनै समस्या वा अस्पष्टता भएमा टोल फ्रि नम्बरमा जो सुकैले फोन गर्न सक्छन्,’ जनगणना अधिकारी कोइरालाले भने, ‘टोल फ्रि नम्बरमा फोन गएपछि पुनस् हामीलाई फोन आउँछ र समस्या समाधानका लागि पहल हुन्छ ।’ 

विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्तीय पहुँच, विकास निर्माणका नयाँ, सही र तथ्यगत योजना बनाउन जनगणनाको तथ्यांक महत्वपूर्ण हुने भएकाले जगनणनाका ‘कोही नछुट्न र नदोहोरिन जनगणना कार्यालयको आग्रह छ । विकास, नीति निर्माण, योजना र कार्यक्रम गर्ने तथ्यांक र जानकारी लिनका लागि  नेपाल संघीय संरचनामा गएपछिको पहिलो जनगणना हो । 

सरकारी सेवा सुविधामा पहुँच र गरिबी निवारण कार्यक्रम तर्जुमा गर्न, विपद् जोखिमको योजना बनाउन, विविधतामा एकता कायम गर्न, लैंगिक तथा सामाजिक समावेसीकरण व्यवस्था गर्न, वैवाहिक अवस्था, प्रजनन्, सुरक्षित गर्भावस्था, शिशु मृत्युदर र मातृमृत्यु दरको अवस्था, कामको सही मूल्यांकन, अपांगता भएका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिएर सोहीअनुसार योजना बनाउन हरेक १० वर्षमा जनगणना गरिन्छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार