भक्तपुर- शनिबार भक्तपुरको सिद्धपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेलका २७ वर्षीय राजेश सुलु रहेका छन् ।
डुबेको खबर पाउने बित्तिकै उद्धारको लागि महानगरीय प्रहरी परिसर भक्तपुरका १० जनाको टोली परिचालन भएको थियो ।
उनलाई उद्धार गरी भक्तपुर अस्पताल लागिएको थियो।
प्रहरीका अनुसार उनको उपचारको क्रममा साँझ साढे पाँच बजे मृत्यु भएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...