काठमाडौँ- कोरोना महामारीका कारण करिब दुई वर्षदेखि रोकिएको ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सुरु हुने भएको छ ।

वैदेशिक रोजगार विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार मंसिर ६ गतेदेखि ८ गतेसम्म परीक्षाको फारम वितरण र दर्ता गरिने छ ।

विभागका अनुसार दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः पठाउनका लागि कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको हो । 

मंसिर २४ गते परीक्षाको तालिका घोषणा हुने बताइएको छ । पुस १ देखि ७ गतेसम्म परीक्षा सञ्चालन हुने सुचनामा उल्लेख छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार