सिरहा - सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । 

पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहाले जानकारी दिए । 

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भइरहेको जनाको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार