एजेन्सी- म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ ।
गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको हो ।
करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए ।
उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ ।
सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई नियन्त्रणमा लिएको छ ।
सैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...