वीरगञ्ज- पर्सामा आमाछोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–१ बस्ने १९ वर्षीय शेख सलाउद्दिन रहेका छन् छन् ।
उनले बिहीबार दिउँसो ३८ वर्षीया आमा र उनकी २० वर्षकी छोरीलाई घरभित्र पसी जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
अन्य ६–७ जना साथीहरु लिएर सलाउद्दिनले छोरीलाई जबर्जस्ती करणी गर्न खोज्दा आमाले प्रतिकार गरेकी थिइन् ।
पीडित परिवारका अन्य एक जना सदस्यसमेत आएर प्रतिकार गर्दा सलाउद्दिनले करणी गर्न नपाएको प्रहरीले जनाएको छ ।
अहिले फरार रहेका अन्य व्यक्तिको खोजी भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...