काठमाडौँ । नेपाललाई चीनले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। 

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । दुई देशका राष्ट्रपतिहरूको कुराकानीपछि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेको बताएकी हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार