दोलखा- प्रसिद्ध भीमेश्वर मन्दिर परिसरको प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।
गएराति प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी भएको हो ।
बुधबार राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो । नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयवासीलाई खबर गरेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...