अझै दुई सडक खुल्न सकेनन्
अझै दुई सडक खुल्न सकेनन्
काठमाडौँ- यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ ।
क्षति पुगेका दुई सय ४६ सडक पुनःनिर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन ।
गत जेठ अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म परेको वर्षाका कारण ति सडकमा क्षति पुगेको हो ।
अहिले बझाङको जालिबगर र नारुगाडमा सडक अवरुद्ध छ । यस्तै सुर्खेत–दैलेख–महावुलेख–गाल्जे नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको जिया भिरमा सडक अवरुद्ध छ ।
जेठदेखि १४६ सडक आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका विभागले जनाएको छ ।
हाल एक सय सडक मात्रै पूर्णरुपमा सञ्चालनमा छन् ।
विगत वर्षभन्दा बढी वर्षा भएकाले यस वर्ष सडक र पुलमा बढी क्षति पुगेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...