धनुषा- श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी रहेका छन् ।
उनीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ ।
उनले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।
यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् ।
आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साफी माथि थप अनुसन्धान भई रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...