काठमाडौँ - चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन्सले सिजीनेटको सेवामा नयाँ ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ ।

उक्त प्याकेज अन्तर्गत ग्राहकले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।

सिजीका अनुसार यो प्याकेज तीन महिनाको  लिन चाहनेलाई १९ सय ४७ रुपैयाँ, ६ महिनाको लिनेलाई तीन हजार ८ सय ९४ रुपैयाँ र  वार्षिक ग्राहकले ७ हजार ७ सय ८८ रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यो प्याकेज अन्तर्गत ग्राहकले जडान खर्च र ड्रप वायरका साथै सिंगल ब्यान्ड राउटर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

सीजी कम्युनिकेसन्स लिमिटेडले यसै वर्षबाट इन्टरनेट सेवा सञ्‍चालनमा ल्याएको हो। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार