कपिलवस्तु- श्रीमतीको हत्याको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् ।
गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर श्रीमतीको हत्या गरी उनी भारततर्फ फरार भएका थिए ।
उनलाई कात्तिक १९ गते बिहान पक्राउ गरिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...