मौलाना जलालुद्दिन रुमी १३ औँ शताव्दीका कवि हुन् ।
दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि महत्वपुर्ण मानिने उनको जन्म ३० सेप्टेम्वर सन् १२०७ मा अफगानिस्तानमा भएको थियो ।
 उनी सुफी संगीत साधक समेत हुन् । रुमीका कविताहरु विश्वका विभिन्न भाषामा अनुवादित छन् ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म रुमी बोल्दैछु' :

१.तिमीले भोगेका पीडा मात्र संन्देशवाहक हुन् । यीनलाई सुन्ने मात्र कोशिस गर ।
२.तिम्रो हृदय सागर जस्तै गहिरो छ । आफूलाई त्यो गहिराइमा खोज्ने प्रयास गर ।
३.आफ्नो तर्क बढाउ स्वर होइन । यो ख्याल राख वर्षले फूललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।
४. तिमीले जे गुमायौ त्यो पुनः अर्को रुपमा तिमीसामु आइपुग्छ ।
५.प्रेमको अगाडि कारणको कुनै शक्ति हुँदैन ।
६.तिमी थकित छौ । तर पनि आउ अगाडि बढ किनभने यो नै तिम्रो बाटो हो ।
७.जति पनि राम्रा,सुन्दर र आकर्षक बनेका छन् ति हेर्नका लागि मात्र हुन् ।
८.कहिल्यै आफूलाई सानो नठान, आनन्दको गतिमा तिमी पनि एउटा ब्रह्माण्ड हौ ।
९.कुनै पनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।
१०.तिमीले जे खोजिरहेका छौ, त्यसले पनि तिमीलाई खोजिरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार