प्लेटो ग्रिकका चर्चित दार्शनिक हुन् । उनको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखि दिएका हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् ।

यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरेका थिए ।
 प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म प्लेटो बोल्दै छु':

१.मानव व्यवहार मुख्य तीन स्रोतबाट प्रवाह हुन्छस् इच्छा, भावना, ज्ञान ।

२.काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो।
३.स्वास्थमा ध्यान नदिनु जिवनको सबैभन्दा ठुलो अवरोध हो ।
४.पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।

५.जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन।

६.जीवनलाई खेलजसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी ।

७.अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।

८. स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ।

९.मानिसहरू तपाईको बारेमा नराम्रो कुरा गर्छन् भने तिनीहरूलाई विश्वास नगर्नुहोस् ।

१०. महान् बन्न चाहेमा स्वयंम आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार