विलियम शेक्सपियर (२६ अप्रिल १५६४- २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनी अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म विलियम शेक्सपियर बोल्दैछु':
१. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
२. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
४. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिँडेको छैन ।
६. धेरै सुन, थोरै बोल ।
७. यहाँ न असल छ न त खराब नै, असल-खराब त हाम्रो सोचाइको उपज हो ।
८. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
९. हामी को हौँ, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
१०. प्रेम अन्धो हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...