एजेन्सी- पाकिस्तान र अफगानिस्तानको सिमा चामन नाका पूनः सञ्चालन हुन थालेको छ ।
झण्डै एक महिनादेखि बन्द रहेको उक्त नाका मंगलवारदेखि खुल्ला भएको हो ।
नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् ।
उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया पुर्याएर आउन जान दिने गरेका छन् ।
उक्त नाकाबाट विषेश गरेर फलफुलका ट्रकहरू धेरै आवत जावत गर्ने गरेका छन् ।
नाका बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको थियो भने व्यवसायी तथा व्यापारी र आम उपभोक्ताहरु समेत मर्कामा परेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...