काठमाडौँ- आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हराएको छ ।
यूएईको दुबईमा न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो ।
उसका लागि मिचेल लियस्कले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र इश सोधीले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनायो । उसका लागि मार्टिन गुप्तिलले सात छक्का र ६ चौकासहित ९३ रन बनाए ।
आजको जितसँगै न्युजिल्यान्डको तीन खेलमा चार अङ्क भएको छ र सेमिफाइनलको सम्भावना बलियो बनेको छ ।
यदि अफगानिस्तानले आफ्नो बाँकी दुई खेल जितेको अवस्थामा आठ अङ्कसहित सेमिफाइनलमा पुग्नेछ । यदि अफगानिस्तानसँग न्युजिल्यान्डले हारेमा भारत र अफगानिस्तानका लागि सेमिफाइनलको ढोका खुल्नेछ । यस्तो स्थितिमा तीन टिमको ६ अङ्क हुनेछ र राम्रो रन रेट हुने टिमले सेमिफाइनल खेल्नेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...