काठमाडौँ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् ।
जबराले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् ।
कुल ९ वटा इजलासमा उनले ९ वटै बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोकेका छन् ।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबरालाई आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।
सोही बमोजिम सर्वोच्चमा अब बन्दी प्रत्यक्षीकरणका सबै मुद्दा सकिएपछि मात्रै अन्य मुद्दा पेशी चढ्ने भएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...