काठमाडौँ - सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार यही कार्तिक महिनाभित्र चालक अनुमतिपत्र आउने भएको छ ।

प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरिद गरिएकाले समस्या आएको हो।

अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले कार्तिक भित्रै ल्याउन लागिएको हो।

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ।

विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार