महोत्तरी- जन्मदर्ता गर्दा घुस मागेको आरोपमा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूलाई सेवाग्राहीबाट १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...