काठमाडौँ-  कात्तिक पहिलो सातामा आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । वर्षाका कारण १२ सडक अवरुद्ध भएका छन्। 

पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन ।

अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर  सडकको जालिबगर र नारुगौणा रहेका छन् । धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ । 
वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक आसिंक रुपमा मात्रै सञ्चालन भईरहेका छन्, जसमध्य राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड रहेका छन् ।  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार