काठमाडौँ।  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् ।

एन्फासँग थप दुई वर्ष सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अल्मुताइरी शनिबार साँझ ७:३० बजे नेपाल आइपुगेका हुन्।

अल्मुताइरीले गत महिना माल्दिभ्सको राजधानी मालेमा सम्पन्न १३औं साफ च्याम्पियनसिपमा फाइनलअघि बंगलादेशसँग भएको खेलपछि आफूले एक महिना अगाडि नै एन्फालाई राजीनामा बुझाइसकेको बताएका थिए ।

उनले भारतसँग हुने खेल नै नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए । 

तर, उनलाई मनाउन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधार माले पुगेका थिए । मालेमा भएको छलफल पछि उनी नेपाल फर्किन तयार भएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार