काठमाडौँ - रिङ रोडमा अब विस्तार हुने सडकलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा छलफल हुने भएको छ ।
अब विस्तार हुने कलंकी-महाराजगन्ज-चाबहिल सडकले सहरी सडकका हरेक पुर्बाधार समेटेको होस् जसमा अपाङ्गमैत्री फूटपाथ, साइकल लेन, बस लेन, बिपरित दिशाका सवारी छुट्याउने डिभाइडर होस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको छ ।
रिङ रोड अन्तर्गत कलंकी कोटेश्वोर सडक विस्तारसँगै उक्त सडकमा दुर्घटना अत्याधिक बढेको थियो। दुर्घटनाको विश्लेषण गर्दा तिब्र गति, उचित पैदलयात्रा सुबिधाको अभाब, जस्ता कारण देखिएका थिए ।
यसैक्रममा चिनिया डिजाइन कम्पनीबाट हाल कलंकी – महाराजगंज – चाहबिहिल खण्डको डिजाइन निर्णय हुने क्रममा रहेको र अघिल्लो सडक खण्डमा भएका गल्ति नदोहोरियोस भनेर समयमै सरोकारवाला निकायलाई झस्काई रहनु अपरिहार्य देखिएको छ ।
नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल , दिगो विकास इन्सीच्युट, रोड सेफ्टी सेसाइटी नेपाल, ब्लाइन्ड रक्स लगायत दर्जनौं संघसंस्थाहरूको आयोजनामा संचालन हुने उक्त कार्यक्रममा अब बन्न लागेको रिङ रोड लाई कसरी सुरक्षित बनाउने बिषयमा छलफल हुनेछ ।
कार्यक्रम डा. प्रलाहद योन्जनको देहावसानको १० बर्षको तिथिमा कार्तिक १४ गते हुने भएको हो ।
छलफलमा उठेका बिषयहरुमा बिज्ञहरुसँग छलफल हुदै निस्कर्ष अनुसारको ज्ञापनपत्रमा ढालेर भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयलाई बुझाइने छ l
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...