काठमाडौँ-  नेपाल राष्ट्र बैंकले मरिच, केराउ, सुपारी र छोकडा आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ।

बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जानकारी दिएको हो।  
बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आर्थिक वर्षका लागि लागि कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरेको छ ।

यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि  ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार