पाँचथर — पहिरोमा परेर ९ दिनदेखि बेपत्ता भएका पाँचथरको मिक्लाजुङ गाउँपालिकाका तीनजना नागरिकको खोजी कार्य भईरहेको छ ।
प्रहरीले बेपत्ता भएकाहरुलाई तालिमप्राप्त कुकुरको सहयोग लिएर खोजी गरिरहेको चार दिन भईसकेको छ ।
पहिरोमा परि हराउनेमा मिक्लाजुङ ५ को चिसापानी पञ्चमीमा माङसेवुङ स्वास्थ चौकी इलामका इन्चार्ज ठाकुरप्रसाद याक्खा र अहेव सुमन राईसँगै मिक्लाजुङ ४ रबिमा सुबोध राई रहेका छन् । उनीहरु कात्तिक ३ गतेदेखि हराएका हुन्।
पहिरोमा पर्दा कात्तिक २ गते जिल्लाको मिक्लाजुङ गााउँपालिकामा मात्रै २२ जनाको ज्यान गएको थियो । कात्तिक २ र ३ गते पाँचथरका मात्रै ३१ जनाले ज्यान गुमाएका थिए ।
उनीहरुको खोजी कार्य शनिबार पनि जारी रहने बताइएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...