बझाङ - वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुन थालेको छ । अभाव सँगै सामानहरुको चर्को मूल्यवृद्धि समेत भएको छ ।
अहिले उक्त राजमार्गको वैकल्पिक मार्गको खोजी सुरु भएको छ ।
दुई हप्तासम्म पनि उक्त सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।
अहिले केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...