एजेन्सी- तालिबान सत्तामा आएदेखि अफगानिस्तानमा पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता भएको छ । 

अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले सार्वजनिक गरेको पत्रकारहरूको स्थितिको मूल्याङ्कनमा पत्रकारहरू विरुद्ध हिंसाका ३० भन्दा बढी घटनाहरू भएको देखाउँछ। घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानसँग सम्बन्धित छन् ।

गत महिना, काबुलमा भएको विरोध प्रदर्शनलाई लक्ष्यित गर्दै तालिबानले धेरै अफगान पत्रकारहरूलाई पक्राउ गरेको रिपोर्ट समेत सार्वजनिक भएको थियो । पत्रकारहरूले तालिबानलाई सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र सूचनामा पहुँच सुरक्षित गर्न अनुरोध गरिरहेका छन् ।

 (एजेन्सीहरुको सहयोगमा)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार