काठमाडौँ- सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्याउने गरि निर्माण कार्य अघि बढाइने भएको छ ।
सतहत्तर जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । ट्र्याक खोल्न नै बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ ।
सरकारले ट्र्याक खोल्न बाँकी रहेको १० किमी मध्ये ७ किमि कठिन भूगोलमा सेनालाई जिम्मेवारी दिएको छ भने ३ किमीमा सडक विभागले निर्माण अघि बढाइरहेको छ ।
वर्षा र हिमपातले असहज अवस्था नआएमा, जसरी पनि असारसम्म सडक बन्ने योजनाका प्रमुख बिसुनदास लामाले बताए । यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो । बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएको थियो।
सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग योजना अनुसार निर्माण भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...