काठमाडौँ- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।
आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएपछि मर्मतका लागि भन्दै बिहीबारबाट बन्द गरेको हो ।
प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जतिसक्दो चाँडो आवेदन खुलाउने विभागले जनाएको छ।
विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...