सिराहा- दलित महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव रहेका छन् । कल्याणपुर– १० कै ५३ बर्षिय सेमादेवी चमारलाई बोक्सी भन्दै यादवले कुपिट गरेका थिए ।
पीडितले आफुलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै भदौ १७ गते जाहेरी दिएकी थिइन् । पीडितका जाहेरीका आधारमा पक्राउ परेका यादवमाथी थप अनुसन्धान भईरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...