काठमाडौँ – यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।
‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ, प्रवक्ता भुसालले भने ‘आवेदकको पालो भने फर्म भरेको चाररपाँच महिनापछि मात्रै आउँछ।’
यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...