काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन् ।

एमसीसी ऋण नभइ अनुदान रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले केही तत्वले एमसीसीलाई बखेडा बनाएको बताए । एमसीसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने बताउँदै उनले अमेरिका एमसीसीकाे करेक्सनका लागि तयार रहेकाे बताएका हुन् ।

‘एमसीसी विशुद्ध नेपालको हितमा छ,’ सरकार गठनको १०० दिन पुगेको अवसरमा गोरखापत्रसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘त्यही पनि एमसीसी करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

त्यस्तै उनले एमसीसी नेपालकाे हितमा रहेकाे समेत उल्लेख गरे । ‘यो नेपालको हितमा छ । यसलाई चाँडै पारित गर्नुपर्छ,’ उनले भनेका छन् ।

यद्यपि गत महिना मात्रै नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भने एमसीसी सम्झौता संशोधन वा फेरबदल नहुने स्पष्ट बताएकी थिइन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार