काठमाडाैँ - सेती नदीमा आएको बाढीमा परी कैलालीमा १० परिवारका ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीमा ती परिवारका सदस्यहरू फसेका हुन् ।

सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको प्रैहरीले जनाएको छ ।

बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर नदी दुवैतिर बग्दा उनीहरू टापुमै फसेका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । जसकाकारण उनीहरूको उद्धारमा कठिनाइ आईरहेको प्रहरीले जनाएको छ ।

ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका थिए । उनीहरूमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरू राति नै त्यहाँबाट भाग्न सफल भएपनि १० परिवारका ६० जना भने फसेका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार