काठमाडौँ – यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरूपमा दिइएको छ । 

सोमबार नोबेल एसेम्बलीले स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरूलाई नाबेल पुरस्कार दिने घोषणा गरेको हो ।

‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण छ । हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त ? यो प्रश्नको उत्तर यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’, नोबेल एसेम्बलीले भनेको छ ।

डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार