आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरद्वारा राजस्थान रोयल्स पराजित भएको छ । दुबईमा गएराति भएको खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले हराएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेटकाे क्षतिमा भेट्टायाे । 

बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । श्रीकर भारतले ४४ रन जोडे । कप्तान विराट कोहलीले २५ तथा देवदत्त पाडिकलले २२ रन बनाए ।

राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए । राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

राजस्थानका लागि इभिन लेविसले ५८, याशस्भी जैसवालले ३१ तथा कप्तान सन्जु सामसनले १९ रन बनाए । खेलमा बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए । युजवेन्द्र चहल र शाहबाज अहमेदले २/२ विकेट लिए ।

जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा यथावत छ । राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । 

आईपीएलमा आज शीर्ष स्थानमा रहेको चेन्नई र पुछारमा रहेको सनराइजर्स हैदराबादबीच खेल हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार