काठमाडौँ – मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । 
 
राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताए । उनले भने, “राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुसी लागेको छ ।”

त्यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अङगमा आफूहरू पनि सामेल हुन थालेकामा खुसी लागेको बताए । 

प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्नति अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारी दिए ।  नेपालमा नै जम्मा ९१ जनसङ्ख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा  सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन् । मनहरी– ४ का वडाध्यक्ष ध्रुव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, “केही वर्ष अघिसम्म वनमा आधाररित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।” वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार