काठमाडौं- बन्द रहेका सबै सीमा नाका खुला हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि कोरोना महामारीको प्रकोप बढेसँगै नेपाल-भारतका अधिकांश सीमाहरू बन्द थिए । कोरोना महामारी कम हुँदै जाँदा मुख्य नाकाहरू संचालनमा ल्याइएका भएपनि यो निर्णयसँगै बाँकी नाका पनि खुल्ने भएको हो ।  

यस्तै, आजको बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार