काठमाडौं – नेपाली स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकासँग दोस्रो खेलमा एकै ओभरमा दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका छन् ।

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आक्रामक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए । 

पाँचौ ओभरमा पहिलो बलमा सन्दीपले अमेरिकाका सुशान्त मोदानीलाई एलबीडब्लु धरापमा पारे । सोही ओभरको पाँचौं बलमा उनले करिमा गोरेलाई उनले बोल्ड गरे । सो ओभरमा उनले कुनै रन नदिइ मेडन समेत राखे ।

अहिलेसम्म अमेरिकाले ५ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ । उसका लागि ओपनर स्टिभन टेलरले १७ बलमा १९ रन बनाएर खेलिरहेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार