काठमाडाैँ - लिम्बू भाषाको पालाम गीत 'फुङ्कुसिङ् मिम्जीइन्' को छायांकन सम्पन्न भएको छ । काठमाडौँको विभिन्न ठाउँमा हिजाे बुधबार छायांकन गरिएकाे हाे ।

रिता फोम्बो ठुलीकाे शब्द र लय संकलन रहेकाे म्युजिक भिडियोको निर्देशन हाङ चेम्जोङ्कले गरेका हुन् । गायिका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूकाे आवाज रहेकाे गितमा मनोज साङ्सोनकाे संगित संयाेजन रहेकाे छ ।

पुस्पाञ्जली तिलिङ मादेन, सीता फोम्बो, रेजिना थेगिम, तुलसा आङ्देम्बे, जानू फोम्बो, मनु थक्लुङ, निरन्ता नेम्बाङ, जेनि आङ्बुहाङ फोम्बो, आशिष निङ्लेकु, पुर्णबहादुर लिम्बू, शिवकुमार सम्बाहाम्फे, डिआर हाङ्सरुम्बा, राजेन्द्र लावती, सुमन लिम्बू, भिम सेनेहाङ र सागर केरुङ लगायतले अभिनय गरेकाे भिडियाेकाे छायांकन इशक जबेगुले गरेका हुन् ।

भने सञ्जु थलङ लिम्बू रअस्मिता राईले शृङ्गार गरेका छन् ।  केही दिनभित्रै सम्पादनपश्चात रिता फोम्बो ठुली युटुब च्यानलुमार्फत सार्वजनिक हुने निर्माता रिता फोम्बोले बताएकी छिन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार