कञ्चनपुर: भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।

आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्याकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र समुदायसँग मिलेर आयोगले कञ्चनपुर र कैलाली जिल्लामा बोलिने रानाथारु भाषाको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको पनि जानकारी दिएको छ ।

रानाथारु भाषालाई सुदूरपश्चिमको सरकारी कामकाजको भाषा नसमेटेको विरोधमा कैलाली र कञ्चनपुरका रानाथारु सोमबार मात्रै आन्दोलनमा उत्रिएका थिए ।  रानाथारूलाई थारु समुदायअन्तर्गत राखिँदै आएकोमा सरकारले २०७७, ५ जेठमा छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो।

कैलाली र कञ्चनपुरमा आदिवासीको रूपमा रहेको रानाथारूको छुट्टै भाषा, पहिचान र रीतिरिवाज छ। यहाँ करिब ३ लाखभन्दा बढी राना समुदायका नागरिकको बसोबास रहेको छ।

रानाथारु भाषालाई कामकाजी भाषा बनाउन माग गर्दै आन्दोलन

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार