काठमाडौँ – जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को ७८ वर्षको उमेरमा निधन भएको छ । बयोधा अस्पताल काठमाडौँमा उपचाररत टुहुरेको बिहीबार निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो । टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप समेत रहेको थियो । 

संविधानसभाका सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेदेखि २ बजेसम्म माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीले बताए । श्रद्धाञ्जलिपछि आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने बताइएको छ ।

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ जस्ता अनेक चर्चित गीत छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार