वातावरणविद् तथा अनुसन्धानदाता उत्तमबाबु श्रेष्ठले ५० हज्जार अमेरिकी डलर राशीको नेसनल जियोग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन् । उनलाई उक्त अवार्ड कोभिड–१९का कारण नेपालको पर्यारवण संरक्षणको क्षेत्रमा परेको प्रभावको अध्ययनको लागि दिइएको हो ।
श्रेष्ठका अनुसार, यो अवार्ड विभिन्न क्षेत्रमा आर्यरत अनुसन्धानदाताहरुलाई दिने गरिन्छ । उनका अनुसार, यसपाली अवार्डको लागि निक्कै कडा प्रतिश्पर्धा भएको थियो । कुल १० जनालाई दिइएको ग्रान्टको लागि १२०० जना पत्यासीहरु थिए ।
श्रेष्ठको अनुसन्धानको प्रमुख क्षेत्र भनेको जैविक विभिधता संरक्षण तथा जलवायु परिवर्तन र यसको वातावरणमा पर्ने असर नै हो ।
जसमध्ये पहिलो चरणमा ५० जना छानिएका थिए भने दोस्रो चरणमा १० जना अन्तिम विजेता चुनिएका थिए । ति दश नै जनाले जनही आ–आफ्नो अनुसन्धान परियोजनाको लागि ५०–५० हज्जार अमेरिकी डलरको सहायता पाउनेछन् ।
श्रेष्ठले अवार्ड हत्याएको यो पहिलो पटक भने होइन । यनले २०१९मा नेसनल जियोग्राफिक एक्सप्लोरर ग्रान्ट र २०१२मा नेसनल जियोग्राफिक सोसाइटिज कन्जरभेसन ट्रस्ट ग्रान्ट पाइसकेका छन् । श्रेष्ठको अनुसन्धानको प्रमुख क्षेत्र भनेको जैविक विभिधता संरक्षण तथा जलवायु परिवर्तन र यसको वातावरणमा पर्ने असर नै हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...