काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन् ।
शाक्यलाई भने सम्मानजनक रूपमा आयोग सरुवा गरिएको बताइएको छ । मन्त्रिपरिषद्बाट निर्णयसँगै सम्भवत: भोलि (बुधबार) घिसिङले पदबहाली गर्ने स्रोतले जानकारी दिएको छ ।
घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरी दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गरेका थिए भने प्राधिकरणका अनेक एकाइमा सुधार गरी संस्थालाई नाफामासमेत लगेका थिए। उनको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...