काठमाडौँ – विश्वभर हरेक वर्ष आजको दिन अर्थात अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसघंको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र सम्वर्द्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय गरेको थियो ।
नेपालमा पनि यो दिवस धुमधामका साथ मनाइने गरिन्छ । याे वर्ष भने काेराेनाभाइरस (काेभिड-१९) का कारण दिवसका अवसरमा कार्यक्रमहरू दिवस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ’ भनी उल्लेख छ ।
नेपालमा ५९ वटा आदिवासी जनजाति महासंघमा सूचीकृत छन् । कुनै पनि स्थानमा सबैभन्दा पहिलेदेखि बसिआएको, आफ्नो लिखित वा अलिखित इतिहास भएको, राज्य सञ्चालनको निर्णायक तहमा कुनै भूमिका नभएको, आफ्नै मातृभाषा भएको समुदायलाई बुझाउँछ । नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्रलाई समेत अनुमोदन गरेको छ ।
आदिवासीहरूको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयुक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा २००७ को सेप्टेम्बर १० मा व्याख्या गरिएको छ । २३ डिसेम्बर १९९४ को ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाइएको हो ।
संयुक्त राष्ट्र सघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशकलाई ‘कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ मनाउन आह्वान गरेको थियो । संयुक्त राष्ट्र संघको आदिवासीहरुको अधिकारसम्बन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रितीरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । आफ्नो पहिचान र बासस्थानको लागि पुस्तौँदेखि एकैठाउँमा प्रकृतिसँग खेल्दै आएका आदिवासी समुदाय विश्वको लागि प्राचीन सम्पत्ति हो ।
यसवर्ष ‘कसैलाई पछाडि नछाडौँः आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले आदिवासी दिवस मनाइरहेका छन् ।
यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै अल्पसंख्यक र सिमान्तकृत समूहको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
त्यस्तै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।
एजेन्सीहरूकाे सहयाेगमा ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...