काठमाडौँ – जाजरकोटको जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली प्रहरी पक्राउ परेका छन् । गत १५ गते स्थानीय २२ वर्षीय सर्पे नेपालीलाई डोरीले बाँधेर निर्मम तरिकाले कुटपिट गरेका अध्यक्ष नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले उनीविरुद्ध जाहेरी दर्ता गर्ने जानकारी दिए । उनले भने, ‘उनीविरुद्ध जाहेरी नपरे पनि कानुनी कारबाही हुन्छ ।’

वडाध्यक्ष नेपालीलाइ प्रहरीले सामाजिक सुरक्षा भत्ता लिन गएका सर्पे नेपालीलाई बन्धक बनाई सार्वजनिक रुपमा कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

वडाध्यक्ष नेपालीलाई आज सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई कुटपिट गरी बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो ।

नेपालीले योभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई समेत कुटपिट गरेका थिए । यस्तै, स्थानीय युवाहरूसँग विवाद गर्दा उनी आफैँ घाइते भएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार