काठमाडौँ – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुला व्यास गाउँपालिका–२ मालघाटका जयसिंह धामीलाई महाकाली नदी खसाइ बेपत्ता पारिएको भन्दै भारतीय पुलिस थानामा जाहेरी (एफआईआर) दर्ता गरिएको छ ।
व्यासबाट शुक्रबार बिहान सदरमुकाम खलंगा आउन भारतको बाटो हुँदै तुइन तर्ने क्रममा ३३ वर्षीय धामीलाई एसएसबीले नदीमा खसाइदिएको भन्दै पीडित आफन्तले एफआइआर दर्ता गराएका हुन् ।
पीडित आफन्तले भारतको पांगलास्थित पुलिस थानामा जाहेरी दर्ता गराएका हुन् ।
तुइन तरिरहेका बेलामा तुईन काटेर नदीमा खसाल्ने दुबै जना एसएसबी जवानहरूलाई कारबाहीको माग गर्दै आफूहरूले निवेदन दर्ता गराएको उनीहरूको भनाइ छ । घट्ना घटिसकेपछि एसएसबीले डर, धम्की देखाई घट्नाबारे नबोल्न चेतावनीसमेत दिएको जाहेरीमा उल्लेख छ । घट्ना भएपछि एसएसबीका जवानहरू घटना स्थलबाट भागेका थिए ।
एसएसबी जवानहरूले गरेको गतिविधिहरूको बारेमा जानकारी गराउँदै शुक्रबार नै बेपत्ता धामीका आफन्त बहादुरसिंह धामी, जोगासिंह धामाले पांगला पुलिस थानामा जाहेरी दिएका हुन् । अनुमति नभएपनि महाकाली नदीमाथि दुबै देशका नागरिकहरू आवत-जावतका लागि तुइन लगाउँदै आएका छन् । वारिपारि नातागोता भएकाले आवतजावत गर्न दुबै देशका नागरिकले लुकेर भएपनि तुइन लगाउँदै आएका थिए ।
विगतदेखि नै महाकाली नदीमाथि तुइन लगाएर आवत-जावत् गर्दै आएकोमा पछिल्लो समय एसएसबीले तुइन काटिदिने गरेको छ ।
यस्ताे छ उजुरीः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...