नन्दबहादुर रोकाया
मुगु - मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नं ८ आसीधारा गाउँका २८ घरधूरीका समुदायले एक दशकपछि गाउँघरमै खाने पानीका धारा पाएका छन् ।
२०६४ साल भन्दा अगाडिदेखि गाउँमा एक मात्र धारा निर्माण गरी खानेपानीकाे जाेहाे गर्दै आएका स्थानीय उक्त धाराकाे पाइप लाइन ध्वस्त भएपछि समस्यामा परेका थिए ।
पाइपलाइन ध्वस्त भएसँगै गाउँलेहरू आधा घण्टा टाढाको मुहानमा गएर पानी भर्न बाध्य भएका थिए ।
नेपाल सरकार वन मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको क्यापस कर्णाली परियोजनाको आर्थिक सहयोगमा घरघरमा एक घर एक धारा उपलब्ध भएपछि वर्षाैदेखिकाे पानीकाे दुःख सकिएकाे हाे ।
बर्षा देखिका दुखका दिन अन्त्य भएको स्थानीय बताउँछन ।
पानी गाउँमा ल्याउन सहयोगका लागि विभिन्ननिकाय र संघ सस्थामा धाए पनि पानी खाने सपना पुरा नभएपछि निराश भएका उक्त गाउँका स्थानीयवासी परियाेजना निर्माणभएसँगै स्थानीयले राहत महसुस गरेका हुन् ।
गाँउका २८ घरधुरीलाई एकघर एक धारा ल्याउन २ किमी टाढाबाट २४ लाख ६५ हजार बजेट विनियोजन खानेपानीका धारा निर्माण गरिएकाे हाे ।
घरमा खानेपानीकाे धारा बनेपछि सितारोकाया खुसी हुँदै भन्छिन्, 'गाँउमा रहेको पुरानो धाराको म"ल सुकेपछि ६४ सालबाट गाँउको नजिकै रहेको नाउलो-कुवाबाट पानीको प्यास मेटाउँदै आएका थियौँ । यो कुवा सानो भएकाले गाउँलेहरू पालो कुरेर पानी ल्याउनु पर्थ्याे, त्यसयता धारा बनाइदिन तत्कालीन गाउँविकास समिति, जिविस, माननीय, एनजिओ सबैलाई गुहार्याैँ, निवेदन दियौँ सबैले आश्वाशनमात्र दिए कसैले सुनुवाई गरेनन् ।'
त्यस्तै उनले भनिन्, 'गाउँमा धारा नहुँदा नाउलाकै फोहोर पानी खानु पर्थ्यो, सबैको एउटै नाउलो भएकाले पानी दुषित भइ गाउँमा रुघाखोकी, झाडापखालाका बिरामी विगतमा धेरै भएको र अहिलेको क्यापस परियाेजनाले आफूहरूको गाउँमा एक घर एक धारा निमार्ण गरेपछि त्यो समस्याबाट छुटकारा पाएका छौँ ।'
अर्का स्थानीय प्रेम बहादुर रोकाया भन्छन्, 'सँगैका अन्य छिमेकी गाँउमा खानेपानीका धारा छन्, हामी नाउलामा खानु पर्थ्याे । गरीब भनेर हेला गरेका त होलान् सोचेका थियौँ ।'
विगतमा कसैले वास्ता नगरेपछि आशा मारेकाे उनी बताउँछन् । त्यस्तै उनले भने, 'त्यै पनि नयाँ व्यवस्था आएको छ । केही हुन्छ कि भनेर उक्त परियोाजनाले गाउँलेलाई पानी खाने धोको पूरा गरिदियो ।
१३ वर्षपछि घरकै आँगनमा खानेपानीका धारा बनेपछि गाउँलेहरूको मुहारमा खुसी छाएको छ । गाँउले मात्र होइन गाउँमै रहेको विद्यालयमा पनि पानीको धारा उपलब्ध हुँदा विद्यार्थीलाई समेत सहज भएको छ ।
कूल २४ लाख ६५ हजार सात सय अनुदानमा निर्माण भएको यस खानेपानी आयोजनाबाट २८ घरधुरी घरधुरीका २ सय ९० परिवार लाभाम्बित भएका क्यापस कर्णाली परियोजनाका उद्यम विकास अधिकृत जगत बहादुर भामले बताए।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...