काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना बढेको भन्दै थप केही दिन लकडाउन थप्ने तयारी भएको छ ।
उपत्यकाका एक सिडिओका अनुसार कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिन लागेको हो ।
उनका अनुसार यसपटक थपिन लागेको लकडाउनमा खुकुलो भएका केहीमा पुनः कडाइ गरिने भएको छ । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुनसक्ने उनको भनाइ छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसअघिदेखि व्यापारिक प्रयोजनाका गतिविधिहरु बढाइएको थियो ।
पछिल्लो समय रेस्टुरेन्ट र फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...